आज सोमबार हेर्नुहोस् तपाईको आजको राशिफल !

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिण अयन,शरद ऋतौ, वि.सं. २०७५ कार्तिक २६ गते सोमबार , ईसवीय सन् २०१८ नोभेम्वर १२ ,कार्तिक शुक्ल पञ्चमी,सूर्योदय विहान ६ः२१ ,सूर्यास्त बेलुकी ५ः१३, नक्षत्रःपूर्वषाढा, योगः धृति, करणः बव, चन्द्र राशिः धनु 
मेषः— साथीभाईमा मेलमिलामको भावना पलाउला । कार्यक्षेत्रमा वर्चस्व कायम होला । 
बृष ः— नयाँ अवसरले पछ्याउन सक्छ । नयाँ बातावरणमा रमाउन सकिएला ।    
मिथुनः— यात्राको सम्भावना रहेको छ । धार्मिक कार्यमा मन जाला । 
कर्कटः— राजनीतिक क्षेत्रमा नयाँ समाचार सुन्न पाइएला । आर्थिक मामलामा सुधार आउला । 
सिंहः— आफ्ना मान्छेबाट धोका पाउने योग छ । दिनको अन्त्यमा शुभ समाचार सुन्न पाइएला ।  
कन्याः— वैदेशिक रोजगारबाट लाभ मिल्ने योग रहेको छ । परिवारमा विछोडको मामला आउन सक्छ ।
तुलाः— प्रतिष्ठामा बृद्धि होला । साहित्य तथा अध्ययनमा मन जानेछ । सामान्य धन लाभ होला ।  
वृश्चिकः— मझौला कामहरुमा दिन व्यतित हुँदा मन खिन्न होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।   
धनुः— वैवाहिक जीवन समान्य रहला  । प्रेम प्रसंगमा रमाउन सकिनेछ । 
मकरः— रोजगारीका नयाँ अवसर आइ लाग्न सक्छ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।        
कुम्भः— सामान्य मुद्या मामिला आइपर्न सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ ।     
मीनः— मनोकांक्षा पूर्ण रुपमा पुरा हुने योग छ । व्यापारमा सजावटका सामानबाट लाभ होला । 
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता