ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

गाईघाट, २५ कात्तिक (रासस)  वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ । 

स१त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार शुरु भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । मृतकको अहिले बिपी मेमोरियल अस्पतालमा सनाखत भइसकेको छ । 

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्र्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् । घटनाको अन्य विवरणहरु अझै पूर्ण नआइसकेको र घटना हुनेबित्तिकै घाइतेसहित सबैलाई स्थानीयवासीले नै तत्काल धरानस्थित बिपी मेमोरियल अस्पताल पु¥याएको प्रहरीले बताएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता