इलाम : बज्रदेवीमा बोलेरो दुर्घटना, चालकसहित ७ जना घाइते

इलाम । इलाम नगरपालिका–८ बज्रदेवीस्थित सडकमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज (२०८३ साउन ७ गते) दिउँसो करिब १:०० बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालोमा अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले चालकसहित सबै ७ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा झापा कन्काई नगरपालिका–९ घैलाडुब्बाका करिब ४० वर्षीय नाजु आलमको टाउकोमा मध्यम चोट लागेको छ। सोही स्थानका ४७ वर्षीय गोपाल प्रसाद दुलालको निधार र दाहिने काँधमा सामान्य चोट लागेको छ।

सुनसरी धरान उपमहानगरपालिका–१० वि


शालपथकी ३६ वर्षीया रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा सामान्य चोट लागेको छ। गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ३३ वर्षीय रमेश चेम्जोङको बायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, झापा दमक नगरपालिका–७ श्रीपालीका २२ वर्षीय रोहिन लावतीको निधारमा चोट लागेको छ। धरान–१० विशालपथका ७३ वर्षीय महेश कुमार राईको टाउको, छाती र ढाडमा मध्यम चोट लागेको छ भने उनका ३४ वर्षीय छोरा मनकुमार राईको दाहिने पातामा सामान्य चोट लागेको छ।

प्रहरीका अनुसार सबै घाइतेको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment