सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर छ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पाँच भारतीय र एक नेपाली नागरिक रहेका छन् भने उनीहरूको साथबाट दुई सय २५ ग्राम खैरो हिरोइन बरामद भएको छ।
प्रहरीका अनुसार कारबाहीका क्रममा एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको छ।
७ साउन, काठमाडौं । सिरहामा गोली चलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment