
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,शरद्रृतौ, वि.सं. २०७५ कार्तिक २७ गते मंगलबार , ईसवीय सन् २०१८ नोभेम्वर १३ ,कार्तिक शुक्ल षष्ठी,सूर्योदय विहान ६ः२२ ,सूर्यास्त बेलुकी ५ः१२, नक्षत्र ःउत्तरषाढा, योग ः शूल, करणः कौलव, चन्द्र राशि ः धनु
मेष ः— आकस्मिक धन लाभ होला । नसोचेको ठाउँमा यात्राको अवसर आउन सक्छ ।
बृष ः— सामाजिक काममा दिन बिताउनु पर्ला । दिनको अन्त्यमा धार्मिक कार्यमा सहभागि बन्न सकिएला ।
मिथुन ः— मन चञ्चल रहनाले अवसर गुम्ने खतरा छ । व्यक्तिगत सम्पत्तिमाथि डाहा गर्नेहरु बढ्नेछन् ।
कर्कट ः— आफन्तजनबाट लाभ उठाउने समय रहेको छ । बन्धुबान्धवबाट लाभ होला ।
सिंह ः— खराव आचरणका मानिसहरुबाट टाढा रहनु उचित हुनेछ । कार्यक्षेत्रमा सामान्य संकट आउन सक्छ ।
कन्या ः— विचारमा परिवर्तन आउन सक्छ । राजनीतिक क्षेत्रमा मन जाला ।
तुला ः— आय आर्जन गर्ने थुप्रै अवसरहरु आउन सक्छन् । बोलीको प्रभावले अरुको मनमा जम्न सकिएला ।
वृश्चिक ः— व्यापार व्यवसायमा छिटफुट घाटा भोग्नु पर्ला । प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।
धनु ः— शुभ खवरले मनमा हर्ष र उमंग थपिएला । गरेका कामबाट प्रसस्त धन लाभ हुने योग रहेको छ ।
मकर ः— प्रमे प्रसंगमा रम्न मन लाग्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ ।
कुम्भ ः— जोश र जाँगरमा कमि आउन सक्छ । कार्य क्षेत्रमा सामान्य समस्या आउला ।
मीन ः— मानसिक चिन्ता बढ्नाले मन अशान्त रहला । आर्थिक संकट आउन सक्ने योग रहेको छ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”