आज मंसिर ३ गते सोमवार,हरिबोधिनि एकादशी, हेर्नुहोस् तपाईको आज

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर ३ गते सोमवार , ईसवीय सन् २०१८ नोभेम्वर १९ ,कार्तिक शुक्ल एकादशी,हरिबोधिनि एकादशी,सूर्योदय विहान ६ः२७ ,सूर्यास्त बेलुकी ५ः१०, नक्षत्रःउत्तरभाद्रपद, योगः वज्र, करणः भद्रा, चन्द्र राशिः मीन
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — प्रेम प्रसंग सामान्य रहला । नचिताएको ठाउँबाट धन लाभ हुने योग रहेको छ ।   
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — प्राविधिक क्षेत्रबाट तपाइले लाभ उठाउने समय रहेको छ । खराव संगतले तनाव उत्पन्न होला । 
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — आफन्तजनबाट केहि लाभ हुनेछ । कार्यक्षेत्रमा प्रसंसा गर्नेहरु बढ्नेछन् । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — विगतका मनोकाङ्क्षा पुरा हुने योग रहेको छ । अरुको मन सजिलै जित्न सकिनेछ । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त होला । व्यक्तिवादी सोचाइले केहि मनमा अशान्ति रहला । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — भएका र गरेका काम राम्रोसँग सम्पन्न भएतापनि चोखो धन गुम्ने खतरा रहेको छ । स्वास्थ्यको ख्याल राख्नुहोला । 
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — सामान्य शत्रु भय रहेको छ । वैदेशिक क्षेत्र शुभ रहला । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — मनमा हर्ष र उमंग बढ्नेछ । नव सोचको प्रवेशले आय आर्जन राम्रै गर्न सकिएला । 
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — सामाजिक क्षेत्रमा मन जाँदा प्रतिष्ठा कमाइएला । आफ्नो क्षमताले लाभ उठाउने समय छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — विचारमा परिवर्तन आउनाले राजनीतिक क्षेत्रमा केहि तनाव उत्पन्न होला । बोल्दा सचेत रहनुहोला । 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — अध्ययन अध्यापन कार्य सफल रहला । प्रेम सफल हुने योग रहेको छ । 
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — मीन राशि भएकालाई आजको दिन शुभ रहेको छ । शुभ समचार सुन्न पाइएला । व्यवसायमा प्रसस्त लाभ कमाउने योग रहेको छ । 
                  “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता