हेर्नुहोस् तपाईको आज

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर ५ गते बुधवार , ईसवीय सन् २०१८ नोभेम्वर २१ ,कार्तिक शुक्ल त्रयोदशी,सूर्योदय विहान ६ः२८ ,सूर्यास्त बेलुकी ५ः९, नक्षत्र ःअश्विनी, योग ः व्यतिपात, करणः तैतिल, चन्द्र राशि ः मेष
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — आज मेष राशिका लागि दिन राम्रो छ । रोजगारका विभिन्न अवसरहरु आउन सक्छन् । मनमा स्थिर रहला । 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — आफन्तजनबाट सहयोग मिल्ला । यात्रा कष्टकर रहला ।   
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — धन हानिको योग रहेको छ । अध्ययन अध्यापन कार्य शुभ रहला छ । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — सोचेका र गरेका कामहरु सम्पन्न होलान् । वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — शत्रु भय रहेको छ । कार्यक्षेत्रमा प्रसंसा गर्नेहरु बढ्नेछन् । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — धर्म कर्मतिर मन जाला । घरमा शुभ कर्म सम्पन्न होलान् । 
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — न्याय क्षेत्रमा सफलता मिल्नेछ । सकारात्मक कामप्रति ध्यान जाला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — मन चञ्चल हुनेछ । प्रेम प्रसंगमा अपयशको सम्भावना रहेको छ । 
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — आफ्नो दक्षताले काम हातमा लिन सकिनेछ । विद्या र बुद्धि बढ्ला । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — परिवारमा सुख र सन्तोष मिल्नेछ । पहिरनमा मन जानेछ । 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — खेलाउनाका सामानले व्यापारमा आम्दानी बढाउला । रोजेका वस्तुहरु मिल्न सक्ने सम्भावना रहको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — बेसुरको वचनले धोका होला । राज्य कृपा हुने सम्भावना रहेको छ  ।          
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता