इलामको रोङमा सुन्तलामा विषादीको सट्टामा नेटको घुम्टो

  • गोविन्द पौडेल

रोङ, ५ मंसिरः रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकरात्मक प्रभाव देखिन थालेपछि यहाँ स्थित एक किसानले विषादीको विकल्पमा नयाँ तरिकाले सुन्तलाको उत्पादन गरेका छन् । रोङ गाउँपालिका–६ का सुन्तला किसान नविन चौरासेले विषादीको प्रयोग नगर्ने अठोट गर्दै सुन्तलामा लाग्ने परजिवी नियन्त्रणको लागि नेटको प्रयोग गरेर सम्पुर्ण बोट ढाकेर सुन्तलाको उत्पादन गरेका हुन् । 
दुइ दाजुभाई नविन र मणी चौरासेले आफुहरुको सुन्तला जोगाउन  प्रतिमिटर अठार रुपैयाँ भारतीय रुपैंयाँका दरले एक हजार मिटर नेट खरिद गरेर साउन महिना देखि नेटले पुगेसम्म अठार वटा बोटमा ढाकेको थिए । जसको कारण सुन्तलामा लाग्ने सुँडे र सेतो पुतलीको नियन्त्रण भई उत्पान समेत राम्रो भएको नविनले बताए । आफुहरुले भारतको बिहारमा घुम्न जादा आँप, लिची जस्ता फलफुलमा नेट लगाएको देखेपछि सुन्तलामा पनि यसको सकरात्मक प्रभाव हुने लागेर गरेको तर यसको प्रविधि भने कसैले नसिकाएको चौरासेले बताए । अहिले उनीहरुले नेटले छोपेको अठार बोटमध्ये एक बोट राखेर सबै बेचेको र नेट समेत आउने वर्ष प्रयोगको लागि राखेको बताए । 
नेटको प्रयोग गर्दा सुँडे र पुतलीको आक्रमण त देखिएन नै बादरले समेत दुख नदिएको उनीहरुको अनुभव रहेको छ । यसवर्ष प्रतिबोट तीन क्विन्टल सम्म सुन्तला उत्पादन भएको सो सुन्तलाको बगानबाट सरदर प्रतिबोट बीस हजार रुपैंयाँ सम्म आम्दानी भएको छ । यता उत्पादन बढाउन र आर्गेनिक पद्धतिमा जान किसानहरुले देखेकै भरमा यति प्रयास गरिसकेका भएपनि कृषि क्षेत्रबाट नै आर्थिक समृद्धि देख्ने सरकार र कृषि क्षेत्रमा काम गर्ने भन्दै भित्रिएका गैर सरकारी संस्थाहरु भने के गर्दै छ भन्नेमा नागरिकहरुको चासो बढ्नु स्वभाविक नहोला भन्न सकिदैन् भनेर चियाबारी दैनिकले आजको मुख्य समाचार प्रकाशन गरेको छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता