इलामका किसानकाे सिलाम खेतीमा आर्कषण बढ्दै

  • गोबिन्द पौडेल 

पशुपतिनगर ३० कातिकः उत्पादन गरिएको सिलाम उचित मुल्यमा बजारमा तुरुन्तै बिक्न थालेपछि किसानहरु सिलाम खेतीमा लाग्न थालेका छन् ।
 पहिला पहिला इलामको सिलाम भनेर गफ गरिने सुनिएको भएपनि प्राय इलामबाट मासिन लागेको सिलाम सुयोदय नगरपालिका वडा नं ३ का किसानहरुले भने ब्यवसायिक रुपमा नै खेत ीगर्न थालेका छन् । आफुहरुले उत्पादन गरेको सिलाम पशुपति नगरको बजारमा पु¥याउन साथ भारतिय ब्यपारीहरुले किनिदिने भएपछि आफुले पनि केही बर्षयता बारीमा सिुलामको खेत ीगर्ने गरेको रुङसुङ्गका शुशिला खड्काले बताए । उनको बारीमा लगाएको सिलाम एक क्वीन्टल जति उत्पादन हुने खड्काको अनुमान रहेको छ ।
 बजारमा खाइने खाजाको  मः म ः को साथी अचार बनाउन सिलामको प्रयोग औधी राम्रो मानिने भएको कारण भारतिय पहाडी बजारका मानिसहरुले सिलाम  किन्ने गरेको कारण पशुपति नगरको बजारमा यसको कारोबार राम्रो हुने गरेको एक ब्यपारिले बताए । उनका अनुसार समय र माग अनुसार मुल्य फरक रहदा प्रतिकिलो एक सय देखी चार सय सम्ममा सिलामको ब्यपार भएको थियो । 
 यता नेपालकै तराइ र शहरी क्षेत्रमा पनि सिलामको लोकप्रियता निक्कै रहेको छ । गाउका मानिसहरुले आफन्त र नातेदारलाइ अचारको लागि कोसेली पठाउन मात्रै प्रयोग गरिने गरेको सिलामबाट तेल निकाल्न सकिने र यसको पिनाको अचार खान मिल्ने रोङ ६ का सत्तरी बर्षिय किसान दीलमाया पौडेलको भनाइ रहेको छ ।
 सामान्यतय कालो र सेतो गरि दुइ प्रजातीको रहने सिलाम धेरैजसो सेतो लोक प्रय मानिन्छ । यसैगरि धानको चामल र सिलाम मिसाएर मंसिरको पन्ध्रमा काचै खाने सास्कृतिक चलन पनि रहेको छ । जेहोस मासिदै गरेको कृषि उपजले राम्रो पmिाइदा गर्छ भने किसानलाइ प्रोत्साहित गरेर उत्पादन गराउन सरकारी स्तरबाट नै सहयोग गर्नुपर्ने किसानहरुको भनाइ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता