विद्युत प्रधिकरण इलाम शाखाबाट ग्राहकले एकै दिनमा मिटर पाउनथाले

इलाम, ९ मंसिरः नेपाल विद्युत प्रधिकरण शाखा इलामले ग्राकहरुलाई फाराम भरेको दिनमै मिटर उपलव्ध गराउन थालेको छ । विद्युत प्रधिकरणको विधान संसोधन भए सँगै प्राधिकरणाले  ग्राहकहरुलार्इ एकै दिनमा मिटर उपलव्ध गराउन थालेको हो । 
विद्युत प्रधिरण इलाम शाखामा अहिले मिटर लिन आउने ग्रहकको भिड वढेको छ । दिनमा १०० वटा सम्म मिटर वितरण गर्न थालेको विद्युत प्रधिकरण इलाम शाखाका शाखा प्रमुख रविनवावु घिमिरे वताउँछन् । कागज मिलाएर आएका नयाँ ग्राहकहरुलाई हामीले एकै दिनमा मिटर उपलव्ध गराउँछौँ अहिले ग्राहकहरुको भिडलाग्ने गरेको छ । केही ग्रहकहरुमा  निश्चित अवधिको लागि मात्र विद्युत प्रधिकारणले यस्तो सुविधा दिएको भन्ने भ्रमले गर्दा पनि यस्तो भएको हो तर विद्युत प्रधिकरण इलाम शाखाले निरन्तर एकै दिनमा प्रकिया पुगेका ग्राहकहरूलार्इ मिटर उपलव्ध गर्ने पनि उनले जानकारी गराए । 
लामो समय सम्म मिटर नपाएका ग्राहकहरुले एकै दिनमा मिटर पाउँदा खुसी भएको चुलाचुलीका एक ग्रहाकले वताए । 
अहिले यो सुविधा छोटो अवधिको लागि भन्ने हल्लाले गर्दा भिड लागेकोले काम गर्न मुस्कील भएको वितरण शाखाका कर्मचारी शंखरसिं कोइरी वताउछन् उनी भन्छन् तर हामी सकेसम्म निरन्तर प्रक्रिया पुगेका ग्राहकहरुलाई एकै दिनमा मिटर उपलव्ध गराउछौँ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता