‘उधौली पर्व २०७५’ को अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति पूजक किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेकी छन् ।
नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाल साझा फूलवारीको रुपमा श्रृंगारिएको छ । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।

यस प्रकारका चाड पर्वहरुले सामाजिक एवम् पारिवारीक जमघट गराउन, मनोरञ्‍जन प्रदान गर्न र समुदायबीचमा आपसी सद्‍भाव सुमधुर बनाउन सहयोग गरेको बताउँदै राष्ट्रपति भण्डारीले यस पर्वले नेपालका सवै जातजातिबीच आपसी सद्‍भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशको प्रगतिपथमा संलग्न हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता