ढोलेदेवी स्थान एक परिचय

  • 🌹 सीता राम फुयल 🌹 

 इलाम जिल्लाको पश्चिम करिब इलाम सदरमुकामबाट १५ कि.मी.मा अवस्थित हाल देउमाई नगर पालिका वा.नं. ३, ८ साविक मंगलबारे–४,साङ्गरुम्बा–७,८ र जितपुर गाविस–१ त्रिवेणी स्थलको रुपमा ढोलेदेवी स्थान परापूर्व कालदेखि स्थानीय बासीन्दाहरुले गाउँ घरमा सुख शान्ति,आरोग्यता,सबृद्धि समाजमा छाओस भनि ढोलेदेवी स्थानमा रहेको गणेश शिला,ढोलको आकारमा रहेको मुख्य ढोलेदेवी शिला, गजुरमुखी देवी शिला, सेती,कालीका नाग,महादेव स्थान, सिकारीथान, गरुढ स्थान, जलकन्या, थलकन्या,  सन्सरी लिङ्गो उठाउने र विविध प्राकृतिक शिलाहरुको नियमित पुजाआजा गरी ढोलेदेवी स्थानमा विशेष रुपमा कात्तिक–वैशाख पूर्णिमा, उभौली उद्यौली पर्व प्रकृति पुजा र अन्य विषेश शुभ दिनमा पुजापाठ गर्ने र मनमा चिताएको पुग्ने जनविश्वास रहेको स्थानीय बुढापाका जानकारहरु बताउँछन । 
स्थानीय धनराम पाख्रिन तामाङ्गले यस ढोलेदेवी स्थानमा सेवामा राँगा,बोकापाठीको बली दिने चलन रहेको र समाजमा बैद्य खोप वा औषधी जडीबुटी यस ढोलेदेवीस्थानमा पुजा बल मागी समाज सेवा औषधीमूलो गर्ने चलन रहेको वहाँका नातिहरुले बताउँछन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता