माइभ्याली गोल्डकप तोकिएको समयमा हुने

इलाम, ७ पुसः माइभ्याली गोल्डकप एन्फाले तोकिएको समयमा नै हुने भएको छ । शनिबार माइभ्याली फुटबल क्लव र इलाम जिल्ला फुटबल क्लवले संयुक्त विज्ञप्ती जारी गर्दै माइभ्याली गोल्डकप तोकिएको समयमै हुने भनेर जानकारी गराईएको छ । 
एन्फाले माइभ्याली गोल्डकप सञ्चालनको लागि यहि फाल्गुन २३  गते देखि चैत्र २गते सम्मको समय तालिका दिएको थियो । पत्रकार सम्मेलन गरेर विविध कारण देखाउँदै माइभ्याली फुटबलल क्लवले गोल्डकप स्थगित गरेको थियो । अहिले सवै सहमति भइसकेको र कुनै समस्या नरहेकोले एन्फाले तोकेको समयमै गोल्डकप सञ्चालन हुने भन्दै विज्ञप्ती निकालेको छ ।
हेर्नुहोस विज्ञप्ती

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता