इलाम नगरपालिकाको चौथो नगर सभा सम्पन्न

इलाम, १२ पुसः चौथो नगरसभाको पहिलो दिन दुईवटा विधेयक र एउटा संसोधन प्रस्ताव प्रस्तुत गरिएको छ । इलाम नगरपालिका नगर प्रहरी ब्यवस्थापन ऐन २०७५ र इलाम नगरपालिका संस्थाको अभिलेख ब्यवस्थापन ऐन २०७५ विधेयकको रुपमा क्रमशः कार्यपालिका सदस्य गीताराम विश्वकर्मा र सीता रिजालले प्रस्तुत गर्नुभएको थियो । यसैगरी इलाम नगरपालिका सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन ऐन २०७४ लाई संसोधनका लागि कार्यपालिका सदस्य श्यामकमल मुखियाले प्रस्तुत गर्नुभएको । 
पहिलो दिन प्रस्तुत भएका विधेयक र संसोधन प्रस्तावलाई दोस्रो दिन बसेको नगरसभाले पारित गरेको छ । नगरसभाको दास्रो दिन नगर सभाका सदस्यहरु डाकप्रसाद दुलाल, श्रीबहादुर तामाङ्ग, भानु घिमिरे, टेकबहादुर कटुवाल, दुर्गा श्रेष्ठ र सुसिला विश्वकर्माले शुन्य समयमा विभिन्न समसामयिक सवालहरु उठाउनुभएको थियो । 
दुईदिन सम्म चलेको नगर सभामा समापनको अवसरमा नगर सभाका सदस्य तथा वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत र कार्यपालिका सदस्य सानु दाशले समापन मन्तब्य राख्नुभएको थियो ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता