गाउँपालिका अध्यक्षले बोलाएको नाम्सालिङ्ग माविको अभिभावक भेला स्थगित गर्न अदालतको आदेश

इलाम, १२ पुसः इलाम माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ्ग माध्यमिक विद्यालयमा ब्यबस्थापन समिति गठन गर्नका लागि गाउँपालिकाले बोलाएको अभिभावक भेला रोक्न उच्च अदालत बिराटनगर, इलाम इजलासले अन्तरीम आदेश जारी गरेको छ ।
गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले नामसालिङ्ग माविको ब्यबस्थापन समिति गठन नभएको र नमुना बिद्यालयको रुपमा अघि बढिरहेकाले आउँदो पुष १३ गतेका लागि प्रधानाध्यपक  सहित अभिभावकलाई छलफलका लागि पत्राचार गरेका थिए । गाउँपालिका अध्यक्षले विद्यालयको ब्यबस्थापन समिति हुँदा हुँदै दोहोरो ब्यबस्थापन समिति बनाउने खेलमा लागेको भन्दै हाल विद्यालय ब्यबस्थापन समिति अध्यक्ष योगेन्द्र पौडेलले सो भेला रोकी पाउँ भन्दै अदालतमा रिट हाल्नुभएको थियो ।
पौडेलको रिटको सुनुवाई गर्दै अदालतका न्यायधिस बीरेन्द्र कुमार कर्णको इजलासले १३ गतेको भेला रोकि पुष १७ गते दुबै पक्षलाई छलफलका लागि आउन अन्तरीम आदेश जारी गरेको हो । पौडेलले हालेको रिटमा अधिबक्ता मदन खड्काले बहस गर्नुभएको थियो । 
२०७३ साल फागुन २१ गतेको अभिभावक भेलाबाट विधिवत रुपमा आफू विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएको र आफनो कार्याकाल अझै एकबर्ष बाँकी हुँदा हुँदै गाउँपालिका अध्यक्षले ब्यवस्थापन समिति नै नभएकोले छलफलका लागि अभिभावकलाई पत्राचार गरिनु आश्चार्य भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष योगेन्द्र पौडेलले बताउनुभयो । 
नामसालिङ्ग माविलाई नमुना विद्यालय बनाउनका लागि आफनै कार्यकालमा अघि बढाएको जनाउँदै अध्यक्ष पौडेलले नमुना विद्यालयको निर्देशिका अनुसार शिक्षा ऐन र नियमवाली अन्तर्गत विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष भएर चलाउँदै आएको पनि बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता