हिउँले छपक्कै ढाक्यो कालिञ्चोक

चरिकोट, १५ पुसः दोलखाको धार्मिक एवंम पर्यटकीय स्थल कालिञ्चोकमा हिँउले छपक्कै ढाकेको छ । अग्रेजी नयाँ बर्षको सुरुवातीमै हिउँ परेसँगै कालिञ्चोक जाने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । हिँउ खेल्न जानेहरुको संख्यामा बृद्धि भएसँगै त्यस आसपासका होटलहरु भरिभराउ हुन थालेका छन् । यस्तै केहि समय अघि मात्र सञ्चालनमा आएको कालिञ्चोक केवलकार चड्नेको संख्यामा पनि बृद्धि भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता