बिर्तामोडमा अल्फाविटा

बिर्तामोड, १५ पुसः  झापाको बिर्तामोडमा अल्फा वेटाको ११ औं शाखा सञ्चालनमा आएको छ । अल्फावेटाको बिर्तामोड शाखा मावि कन्सल्टेन्ट्सले सञ्चालनमा ल्याएको हो ।
आइतबार शाखाको उद्घाटन  गर्दै सांसद एलपी साँवाले विदेशमा गएर शिक्षा लिए पश्चात नेपाल नै फर्कनु पर्ने बताए । उनले भने, ‘ कन्सल्टेन्ट्सले विदेश त पठाउँछन् तर त्यो जनशक्तिलाई नेपाल फर्कन सक्ने बनाउँदैनन् ।’ त्यसको अन्त्य अल्फाविटाले गर्नु पर्छ । कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिवाकोटीले स्थानीय सरकारको तर्फबाट अल्फाविटालाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।  
अल्फावेटाले अस्टे«लिया, क्यानाडा, साइप्रस, जर्मनी, युके, यूएसए, जापनलगायतका मुलुकहरुमा जाने बिद्यार्थीहरुलाई परामर्श दिने छ । शाखा उद्घाटनको अवसरमा शैक्षिक मेलाको आयोजना गरिएको थियो उक्त अवसरमा झापाका विभिन्न कलेजका ३०० बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको सञ्चालक पुजा नेपालले बताइन् । मेलामा अस्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, यूएसए, यूके, भारत साथै अन्य युरोपियन मुलुकका शैक्षिक संस्थाका प्रतिनिधिहरुले बिद्यार्थीहरलाई निःशुल्क शैक्षिक परामर्श दिएका थिए । बिद्यार्थीहरुलाई विभिन्न देशको रहनसहन, वातावरण, भाषालगायतका बिषयमा जानकारी गराइएको सञ्चालक विभत्सु गिरीले जनाए । 
नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको अल्फावेटाको विराटनगर, इटहरी, धरान, चितवन, बुटवल, पोखरा, बौद्ध, पुतलीसडक, सिड्नीमा शाखा सञ्चालन रहेको सञ्चालक आयुस गौतमले बताए । बिर्तामोडमा सञ्चालन अल्फावेटाको सञ्चालकमा ६ जना रहेका छन् । मिलन घिमिरे, दिवस भुर्तेल र टिका ढकाल, नेपाल, गिरी र गौतमले सञ्चालनमा ल्याएका हुन् ।
अल्फावेटाले नेपालमा लामो समयदेखि आइइएलटिएस, टोफिल, सीम्याट, मेडिकल तथा इन्जिनियरिङ तयारी कक्षालागायत थुप्रै सेवाहरु दिदै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता