झापादेखि कैलालीसम्म

बिर्तामोड, १५ पुसः पछिल्लो समय सामाजिक सञ्जालबाट एकीकृत भएका धेरै समुह सामाजिक कार्यमा सक्रिय देखिन्छन् । संगमको मुख्य विन्दु सामाजिक सञ्जाललाई बनाएर उत्कृष्ट काम गर्ने संस्थामा पहिलो पाइला नेपाल पनि हो । 
पहिलो पाइला नेपालले कैलालीको कचली बालशिक्षा सदनको भवन निर्माण गर्ने भएको छ । संस्थामा आवद्ध देश भरका प्रतिनिधिले संकलन गरेको रकमले उक्त विद्यालय निर्माण गरिने पहिलो पाइला झापा अध्यक्ष कृष्ण अग्रवालले बताए । देशभरका २३ जना प्रतिनिधि विद्यालय निर्माण स्थलमा पुगेर अवलोकन गरेका छन् । उक्त अवसरमा कैलालीका ३ विद्याललयमा भाग्य बोक्ने झोला वितरण गरिएको बताइएको छ । त्यस्तै लम्कीचुहा नगरपालिका १ भुरुवा कभर्डहल सुकुम्वासी शिविरका २६ जना बिद्यार्थीहरुलाई शिबिरमा नै पुगेर झाृला वितरण गरेको छ ।
विद्यालय २० लाख रुपैयाँ लागतमा निर्माण गरिने छ । विद्यालयको शिलान्यास कैलाली क्षेत्र नम्बर २का सांसद झप्पड रावालले गरेका थिए ।  कतिपय नेपाली अझैँ पनि अनेकौँ समस्या झेल्न बाध्य छन् झापा अध्यक्ष अग्रवालले भने स्वास्थ्य, शिक्षा, रोजगार लगायत सेवाबाट कोही पनि बञ्चित हुनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता