इलाममा मेची क्षेत्र पर्यटन महोत्सव आजबाट शुरु

इलाम, प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आजबाट देखि पुस १६ लाग्ने ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ शुरु भएको छ । 
चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष विजय राईले वताए । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित ५० लाख रुपैँया खर्च हुने अध्यक्ष राईले जानकारी दिए । बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । स्लहरुको बुकिङ लगभग सकिएको स्टल तथा महोत्सवका व्यवस्थापक ज्ञानु दाहालले वताए । उनले भने सव्यर भव्य बनाउनको लागि हामी लागि परेका छौँ ।  चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने पनि उनले जानकारी दिए 
मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लागईने महोत्सवमा विभिन्न जातजातिका परिकार, देखि लिएर इलामका पर्यटकिय स्थलहरुको अवलोकन समेत गर्न पइने छ ।  महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता