जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री

फाकफोकथुम, ४ पुसः इलामको फाकफोकथुम गाउँपालिकामा कार्यरत लेखापाल खेगेन गुरूङले आफ्नो जन्मदिनको अवसर पारेर आज अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । लेखापाल गुरूङले सिंहदेवी मावि आमचोकमा अध्ययनरत अनाथ विद्यार्थीहरूलाई झोला, डटपेन र कापी वितरण गर्नुभएको हो । उहाँले सिंहदेवी माविको आधारभूत तहमा अध्ययनरत कृष्ण मगर, पृतम राई, सुजन राई, खगेन्द्र लकान्द्री र सविना लिम्वूलाई झोला, कपी र डटपेन वितरण गर्नुभएको हो । 
त्यस्तैगरी निशा शंकर, सन्देश मुर्मू, सन्तोष विसुंखे, दीपा लिम्वू र रुपा खनाललाई कपी र डटपेन वितरण गर्नुभएको विद्यालयका शिक्षक दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो । 
जन्मदिनमा हर्षाेल्लास मनाउनुभन्दा अनाथ विद्यार्थीहरूलाई अध्ययनमा टेवा पुगोस भन्ने उद्देश्यले आफूले शैक्षिक सामग्री वितरण गरेको लेखापाल गुरूङले बताउनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता