इलामको रोङमा नौतले धरहरा बनेपछि पर्यटक बढे


  • गोबिन्द पौडेल 

रोङ ४ पौष, रोङ ६ को सलकपुरको आलुबारी डाडामा राजधानीमा रहेको नौतले धरहराको नमुना ठड्याइएपछि पर्यटकहरुको आर्कषण बढेको छ ।
 काठमाण्डौमा भिमसेन थापाले बनाएको धरहरा २०७२ सालको महाभुकम्पले लडाएपछि अहिले सम्म बन्न र बनाउन नसकिरहेको बेलामा गाउका मानिसहरुलाइ धरहरा यस्तै थियो भनेर देखाउनको लागि करिव तीस फुट अग्लौ र नौतला नै रहेको फलामको नमुना धरहरा निमार्ण गरी सलकपुरको आलुबारी डाँडामा राखिएपछि दिनहु सो धरहरा हेर्न मानिसहरु आउन थालेका हुन् । 
सलकपुरमा पुच्छरको मेची खोलादेखी  सुन्तला बगानमा पर्यटकहरुको भिड लाग्ने गरेको भएपनि गाउको सिरान आलुबारी डाँडा सम्म पर्यटकहरु नआउने भएकोले गाउँको सिरानमा सो धरहरा राखिदा धरहरा हेर्नकै लागि भएपनि गाउको सिरानसम्म पर्यटकहरु आउने गरेको स्थानीय युवराज राईले बताए ।
गाउपालिकाले गत बर्ष मेची खोला गुर्धुम डाँडा पदमार्ग निमार्णको लागि दिइएको  बजेटअनुसार स्थानिय युवाहरुले श्रमदान गरेर कार्य सम्पन्न गरेको र यसबाट बचाइएको रकम मध्ये करिव चालिस हजारको लगानीमा नमुना धरहरा बनाइएको स्थानिय युवा याम अधिकारीले बताए ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता