इलामका सुन्दर दृष्य समेटेकाे प्रदिप र जसिताको ‘लभ स्टेशन’ चैत्रमा

प्रदिप खड्का र जसिता गुरुङ्गको चलचित्र ‘लभ स्टेशन’ ले रिलिज मिति तय गरेको छ। रिलिज मितिलाई लिएर अनेक चर्चा चलिरहेको बेला निर्माण टिमले चैत्र १ गतेबाट देशभर एकसाथ चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको हो।
निर्माता समेत रहेका वितरक गोबिन्द शाहीले यो कुराको जानकारी दिएका हुन्। 
यतिबेला सम्पादनको क्रममा रहेको चलचित्रको डविङ्ग चाडै गर्ने बताईएको छ। दुईवटा गीतको छायांकन सम्पन्न चलचित्रको दुई गीत खिच्न बाँकी रहेको छ। सांगीतिक प्रेम कथामा आधारित पारिवारिक कथामा आधारित बताईएको चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् ।  
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता