सुदूरपश्चिम विश्वविद्यालयमा तोड्फोड र आगजनी

कञ्चनपुर । कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा चार विद्यार्थी संगठनले तोडफोड र आगजनी गरेका छन् । विश्वविद्यालय भित्र हुँदै आएको मनोमानी र कर्मचारीको बेथिति विरुद्ध पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव का विद्यार्थी संगठनले विश्वविद्यालयमा तोड्फोड र आगजनी गरेका हुन् ।
यस अघि पनि विधार्थीहरुले विश्वविद्यालय भित्र हुँदै आएको कर्मचारीको बेथिति विरुद्ध आवाज उठाउँदै आएको तर प्रशासनले सुनुवाइ नगर्नुका साथै विश्वविद्यालयलाई आफन्त भर्ती केन्द्र बनाएकोमा त्यसैको बिरोध स्वरुप बाध्य भएर तोडफोडमा उत्रनु परेको विधार्थी नेताहरुले बताए ।
विद्यार्थी नेताहरुले विश्वविद्यालयमा सुधार नहुन्जेलसम्म आन्दोलन कायम नै राख्ने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता