हेर्नुहोस् तपाईको पौष महिनाको राशिफल

श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ ईसवीय सन् २०१८, पौष महिनाको सम्पूर्ण राशिफल ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — बाहन सुख होला । चिताएको कार्य सफल हुनेछ । सामाजिक प्रतिष्ठामा बृद्धि होला । शुभकार्यमा चर्चा बढ्ला । मुद्धा मामिलामा सफलता मिल्ला । लगानीको योग रहेको छ । 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — एउटै कामबाट लाभ मिल्ने योग छ। अरुलाई प्रभावमा पारेर कामहरु पुरा हुने योग रहेको छ । श्रमको उचित मुल्याङ्कन होला ।  वित्तिय क्षेत्रमा तथा संघ—संस्थाबाट सहयोग प्राप्त हुने योग रहेको छ । 
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — महिनाको सुरुवातमा कला र गलाको प्रयोगबाट अरुलाई प्रभावमा पार्न सकिनेछ । अचल सम्पत्ती हात पार्ने योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभाव छोड्न सफल भइएला ।  महिनाको मध्यमा बैदेशिक क्षेत्रमा निकै आयआर्जनका स्रोतहरु मिल्नेछन् । मित्रबाट सुख होला । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — अनावश्यक क्षेत्रमा धन खर्च बढ्ला । टाढाको यात्रामा सामेल हुनु पर्ने देखिन्छ । आफ्नो विचार विपरित निर्णय हुनेछन् । महिनाको अन्त्यमा सामाजिक प्रतिष्ठामा बृद्धि होला । नसोचेको ठाउँबाट धन प्राप्त होला । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — महिलाबाट विषेश सहयोगहरु प्राप्त हुने योग रहेको छ । पौष १५ बाट कार्यक्षेत्रमा सुख भएतापनि मानसिक चिन्ता बढ्ला । धार्मिक क्षेत्रमा मन जाला । २५ गतेबाट सांगीतिक क्षेत्रमा रुची बढ्ला । प्रेमीको सहयोग प्राप्त होला । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — पौष ८ गते सम्म सामाजिक तथा धार्मिक कार्यमा सामेल हुनुपर्ने छ । १५ बाट घर परिवारमा समृद्धि छाउला । नयाँ जोस र जाँगरले काममा फाइदा पुग्ला । शिक्षामा सफलता मिल्ला । वैदेशिक यात्रा समेत सम्भव रहेको छ ।
 तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — महिनोका सुरुवातमा अधुरा कामहरु पुरा होलान् । पहिलो हप्ताबाट शरीरमा आलस्य बढ्ने योग छ । नयाँ कामको थालनी हुनेछ । पौषको दोस्रो हप्ताबाट स्वास्थ्यमा सुधार आउला । मन सामान्य चञ्चल रहला । चुनौतिको सामना गर्नुपर्ला सजग रहनुहोला । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । कूटनीतिमा सहयोग मिल्ला । पौषको तेस्रो साताबाट व्यापार व्यवसायमा सुधार आउला मनोरञ्जनका कृयाकलापमा सामेल हुनु पर्ला ।  
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — पौष ५ सम्म समझदारीमा काम गर्न सकिनेछ । प्रेम प्रसंग सफल रहला । पौष १२ गतेबाट बुद्धिको उपयोग गर्दा जटिल भन्दा जटिल कामहरु सम्पादन हुनेछन्  । अतिथिको सत्कारमा समय खर्चनु पर्ने देखिन्छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — लगनशीलताले कामहरु बन्न सक्छन् । राजनैतिक क्षेत्र सफल रहला । बन्धु बान्धवबाट सहयोग प्राप्त होला । महिनाको अन्यमा धार्मिक यात्रा होला । आफन्तको सहयोगले काम बन्ला । 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — कुम्भ राशि हुनेलाई यो महिना मध्यम रहेको छ । जग्गाको मुद्या मामलामा अल्झिनु पर्ने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका रहेको छ । अनावश्यक खर्च व्यहोर्नु पर्ला । मनमा हर्ष उमंगले वास पाउला । 
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — स्वास्थ्य कमजोर रहला । विशेष गरेर चिसोबाट जोगिनु पर्ने देखिन्छ । खानामा अनियमितता हुनाले पेटको समस्याले चाप्न सक्छ । जिद्धीपनाले कामहरु विग्रन सक्छन् । पौष २२ गतेबाट इच्छा र आकाङ्क्षा पूर्ण होलान् । निर्णय लिने ठाउँमा उचित निर्णय लिन सकिनेछ । सामान्य धन लाभ होला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता