चुनवको प्रतिवद्धता पुरा गर्दै खड्का


  • यामुना लुईटेल

इलाम, ७ पुसः नेपाली काँग्रेसका नेता तथा समाजसेवी तथा चियाबारी एफएमका अध्यक्ष  डम्बर खड्काले विगतको निर्वाचनमा जनताहरुमाझ गरेका प्रतिबद्धताहरु पूरा गर्दै जाने बताउनुभएकोे छ । इलाम क्षेत्र नं. २ (१)  का उम्मेदवार खड्काले बिगतको  निर्वाचनमा आफू उम्मेद्वार हुँदा जनताका बीचमा राखेका प्रतिबद्धता र मागअनुसारका कामहरुमा आफ्नो क्षमताले भ्याएसम्म पुरा गर्दै गएको र आगामी दिनमा पनि पूरा गराएर छाड्ने बताउनुभएको हो  । 
हालै इलाम नगरपालिका–११ सोयाकको बास्थलमा रहेको बेतेल चर्चका मनकुमार लाईलाई  ५१ हजार रुपैंयाको चेक हस्तान्तरण गर्दै अन्य मागहरु पनि क्रमशः पूरा गर्दै जाने बताएउनुभएको छ  । जनताका कुरा सुन्न गाउँ भ्रमण जाने क्रममा उनले पार्टी कार्यकर्तामाझ अन्य सार्वजनिक सरोकारका क्षेत्रमा पनि आर्थिक सहयोग प्रदान गर्नुभएको छ  ।  नेता खड्काले इलाम नगरपालिका ११ को बालमण्डल मावि सोयाकलाई पनि ५५ हजार नगद सहयोग गर्नुभयो । 
विद्यालयका प्रधानाध्यापक अमिरमान तामाङ, शिक्षक राम एक्तेन   र अबिभावक संघका देव लिम्बुमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो   ।विकासका योजना गाउँसम्म पुर्‍याउन पहल गर्ने तथा मठ मन्दिर र गुम्बालाई मूर्ति हस्तान्तरण अभियान चलाइरहेका खड्काले चर्चलगायत, खेलकुद, स्वास्थ्य उपचार लगायतका क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउँदै आइरहनुभएको छ  । नेता खड्काले स्थानीय सरकार मार्फत विकासे योजनाहरु गाउँसम्म पुर्‍याउन र प्राकृतिक विपत्ति साथै भैपरि आउने घट्नाका पीडितहरुलाई पनि प्रत्यक्ष उपस्थित भएर नगद तथा अन्य सहयोगहरु पुर्‍याउँदै आएको बताउनुभयोे  ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता