प्रथम भगिमान सिंह तुम्बाहाङफे कपको उपाधि इलामको माइभ्यालीलाई

तेह्रथुम, ७ पुसः  माईभ्याली फुटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर एघारलाई २ – १ गोल अन्तरले पराजित गर्दै इलामले तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा इलामको जितका लागि दुई वटै गोल अनिस थापाले गरे । खेलको १५ औँ मिनेटमा अनिस थापाले डिबक्स एरिया नजिकबाट प्रहार गरेको गोलले सिधैँ जाली चुमाए । त्यस्तै, पहिलो हाफको इन्जूरी समयमा दोस्रो गोल गर्दै उनले नै टिमलाई अग्रता दिलाए ।  उदयपुरका लागि दोस्रो हाफमा दिप्सन राईले सान्त्वना गोल फर्काए ।
प्रतियोगिताको विजेता बनेको इलामले उपाधिसहित नगद २ लाख ५ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको उदयपुरले नगद १ लाख १५ हजारसहित ट्रफीमा जित बुझायो । खेलको म्यान अफ दी म्याच इलामका निर्णायक गोल गर्ने अनिस थापा घोषित भए ।
गत पुस २ गतेदेखी भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजना गरेको प्रतियोगितामा कुल दश टोलीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता