राँके बजारः नगदेवाली र कोसेलीको संगम


  • सिताराम फुयल 

इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट ३५ किलोमिटर उत्तर र पाँचथरको फिदिम बजारबाट ३३ किलोमिटर दक्षिणमा रहेको मेची राजमार्गको त्रिकोणात्मक स्थल राकेबाट रबी, भेडेटार र झापाको चारआली विर्तामोड जाने संगमस्थल नै राके बजार हो ।
यहाँको धेरै पुरानो बजार श्रवाण २ गते लाग्ने राके बजारले आफ्नै विषेशता बोकेको पाइन्छ । जस्तो की मौसम सफा भएको बेला झापाको समथर फाँटहरु देख्न सकिन्छ अनि हिमाल पनि देख्न सकिन्छ । जाडोको कुरै नगरौँ । तीनपाने नलगाई टीक्नै सकिँदैन की जस्तो पनि बनाउँछ ।
यहाँको मुख्य ब्यपार भनेको नगदेबाली आलु, आलैची, अदुवा आम्लिसो इत्यादि छन् त्यसैगरेर जडिबुटीहरु चिराइतो लोठसल्ला इत्यादि यो बजारमा बिक्री गर्न आउने र ल्याउने गरिन्छ । 
चमैता, एकतप्पा, फक्फोक, फाक्तेप, चिलिङ्देन, इम्बुङ, पौवा–सार्तापबाट आउने आलु, अकबारे खुर्सानी, स्कुस, स्कुसको जरा, सखरखण्ड, घर तरुल, सिमल तरुल, आम्वक, आरु, नास्पाति, लसुन तथा यो क्षेत्रमा प्रशस्त दुधको उत्पादन हुने भएकाले चिज उत्पादन हुन्छ ।
घिउ छुर्पी खुर्सानी ले यो बजार रमणिय बनाएको छ । यो बजार मेची राजमार्गमा पर्ने हुँदा त्रीकोणात्मक संगमको रुपमा यो बजार रहेको छ । यहाँबाट चल्ने गाडीहरु इलाम, फिदिम, बिर्तामोड, रबी हुँदै दमकसम्म चल्छ त्यसैले यहाँ बिक्री गर्न ल्याइएका विविध माथि उल्लेखित सबै खाद्य सामग्रीहरु अत्याधिक छिटो र ताजै सम्वन्धित ठाउँमा पुग्छ यातायातको सुबिधाले गर्दा ।
अत्याधिक धेरै नगदेबाली उत्पादन हुने ठाउँ यो राके बजारको वरिपरीको भुभागहरु पनि माथि उल्लेखत गरिएकै ठाउँहरु हुन् । बढीमात्रामा चमैताको स्कुसको मुन्टा र देउमाईको जङ्गलको निगुरोले पनि यो ठाउँलाई परिचित बनाएको छ गाडीका स्टाफ र प्यासेन्जरले बारम्बार बताईरहन्छन्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता