तत्काल भृकुटीमण्डपमा स्टेसन नबनाए कडा आन्दोलनमा उत्रिन्छौ:शाह

 काठमाडौं १२ पुस : ट्राफिक प्रहरीले भृकुटीमण्डपमा रोकिदै आएका गाडीलाई लैनचौरबाट सिधै सुन्धारा रोक्ने नियाम बनाएपछि नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले निर्णयको बिरोध गर्दै त्यो बिषयलाई लिएर आज ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएको छ। 
काठमाडौंका ट्राफिक प्रहरी प्रमुख बसन्त पन्त समक्ष ध्यानाकर्षण गराउदै नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईका सचीव अनुराग शाले तत्काल कुनै ब्यबस्थापन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन। उनले ट्राफिक प्रहरी र महानगरको यो निर्णयले यात्रुलाई सास्ती दिएको समेत जिकिर गरे।बैकल्पिक ब्यबस्थापनै नगरी भृकुटीमण्डपको स्टेसन बन्द गर्नुले काठमाडौंका शंकरदेव, बाल्मिकी, आर आर, ल र बिश्वभाषा क्याम्पसका विद्यार्थी लगायत भृकुटीमण्डपको स्टेसन बनाएर यात्रा गर्ने लाखौं यात्रीलाई सास्ती भएको बताए जनगुनासो बढ्दै गएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता