झापाको काँकरभिट्टामा लागेको आगो नियन्त्रणमा

झापा । मेचीनगर–६ काँकरभिट्टा स्थित साठी बिघा भन्ने ठाउँमा बिहिवार राती भएको आगलागी नियन्त्रणमा आएको छ । राति करिब ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाका डिएसपी महेश थापाले बताए ।
 उनका अनुसार आगो नियन्त्रणका लागि मेची नगरपालिका, विर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीय भएर नियन्त्रणनमा आएको हो ।
ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। 
अगालागीबाट मानवीय क्षति भने भएको छैन। उक्त क्षेत्र काकडभिट्टा बजारकोबधशालाक्षेत्र पर्छ। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता