रोगको कारणले इलाममा सुन्तला बगान मासिदै, सुन्तलाको उत्पादनमा कमि

  • बिनय तिम्सीना

इलाम, ८ पुुसः  पुष महिनाको शुरु सँगै इलामको मौसम खुलेको छ न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तोलाको व्यपार राम्रो भएको छ । गत सालको तुलनामा  सुन्तलाको उत्तपादतमा कमि भएको छ । अहिले इलाममा रोगको कारणले सुन्तोलाको उत्तपादनमा गिरावट आउने अनुमान गरिको छ तर पनि नायँ बोटहरुमा भने केही राम्रो सुन्तलाको उत्पादन भएको छ इलामको इलाम नगरपालिकामा सुन्तलाको उत्पादनमा वृद्धि भए पछि इलामको सुन्तालाको उत्पादन राम्रो भएको हो । विशेष गरि इलामको रोङ गाउँपालिकाको जिर्मलेमा सुन्तला वगान मासिन थालेको छ । गाउँपालिकाहरु माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकाममा सुन्तलाको उत्पादनमा कमि आएको तथ्याङ्क  छ  ।
राम्रो फलेको बोटमा किसानको वारीमा सुन्तोरा लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता भने पटक्कै छैन ।  इलाम नगरपालिका ६ का कृषक गंगा तामाङ्ग भन्छन् ‘व्यपारीहरु घरमै आएर वगान बाटै सुन्तोला किनेर आँफै टिपेर लान्छन् सुन्तला विक्रीमा कुनै समस्य नै छैन । तर अहिले रोगले गार्द पहिलाको जस्तो सुन्तला उत्पानद भएको  छैन ।’
इलाम नगरपालिका सिङफिरिङका कृषक मुकेश शिवाको पनि बारीमा सुन्तला त राम्रो फलेको छ तर उनको बारीमा पनि आधाजसो बोटहरु रोगको सिकार भई सकेका छन् उनि भन्छन्छन्  कृषकलाई राज्यले दिनु पर्ने सुविधा नहुँदा फलफुल खेतीमा समस्या आएको छ । सहकारीमार्फत मात्र सुविधा उपभोग गर्नपाउने नीतिले पनि अप्ठ्यारोमा परेको उनी वताउँछन् ।
इलामको सुन्तोला स्थानीय वजारमा नै राम्रो सँग विक्री भई रहेको व्यपारीहरु भन्छन् अहिले इलाममा सुन्तला ८० रुपयाँ प्रतिकिलो देखी राम्रो ग्रेडिङ गरेको सुन्तला १२० रुपयाँ किलो सम्ममा विक्री भई रहको छ । इलाकको सुन्ताला झापाका बजारहरुमा पनि राम्रो विक्री भई रहेको छ । केहि सुन्तोला छिमेकी मुलुक भारताको सिलिगुरी र कोलकत्तामा समेत विक्री हुने गरेको छ । 
इलाममा अहिले ३५० हेक्टर क्षेत्रफलमा सुन्तोलाको खेती भई रहेको छ । इलामा यो  वर्ष ३६२९ मेट्रीकटन सुन्तोला उत्पादन हुने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता