इलाम फाकफोकथुमका वडासदस्यको मृत्यु


  • गोविन्द लामिछाने

फाकफोकथुम, ८ पुसः फाकफोकथुम गाउँपालिका–२ निवासी वडासदस्य डम्वरबहादुर थापाको शनिवार निधन भएको छ । 
गतसालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट फाकफोकथुम–२ बाट वडासदस्यमा निर्वाचित ५५ वर्षीय थापाको आफ्नै घरमा अचानक मृत्यु भएको हो । पूर्व गाविस अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत भई समाज सेवामा रहनुभएका पौडेलको आइतबार कन्सिरीघाटमा दाहसंस्कार गरिएको छ । गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, वडाध्यक्षहरूले उहाँको पार्थीव शरीरमा राष्ट्रिय झण्डा समेत ओडाउनुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता