रोङमा गोपालको संझनामा शैक्षिक सामाग्री बितरण

  • गोबिन्द पौडेल 

रोङ ८ पुस:   तिनबर्ष अघि निधन भएको गोपालको संझनामा परिवारले शैक्षिक सामाग्री बितरण गरेको छन् ।
 रोङ ६ रम्भ्याङ्गका गोपाल राइ रोजगारीको लागि साउदीअरब गएका  केही महिना नबित्दै २०७२ साल पुस आठ गते निधन भएको थियो । आज उनको चौथो स्मृति दिवस पारेर उनका पापा सहरमान राइ भाइहरु बुहारीहरुले स्थानिय सरस्वती माध्यामिक बिद्यालयमा गएर गोपालको संझनामा करिव दुइसय बालबालिकाहरुलाइ कापी, डटपेन र पेन्सिल बितरण गरेको थिए । भाइको संझना पनि हुने बालबालिकाहरुलाइ सहयोग पनि हुने भएको कारण परिवारको सल्लाहअनुसार सानो सहयोग गरेको दाजु बिनोद राइले बताए । यता बिद्यालयमा यस्ता सहयोगहरुले  समुदाय र बिद्यालयको संबन्ध प्रगाढ हुनेर बालबालिकाहरुलाइ पनि सहज हुने हुदा स्मृतिकोष बनाएर नै सहयोग गर्न बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानले अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता