वाइडबडीबारे बाबुराम भन्छन्- ‘नैतिकता हुनेले राजीनामा दिउन्; नहुनेहरू गलहत्याइयून्’

काठमाडाैँ । नेपाल वायुसेवा निगमले भित्र्याएका दुइटा वाइड बडी विमानकाे विवाद उत्कर्षमा पुगेकाे छ । वाइडबडी प्रकरणकाे छानविन गर्न गठित संसदीय लेखा समितिअन्तर्गतको उपसमितिले बुधबार बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी,  पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीहरुलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।
नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि यसबारे तर्क-वितर्क र बहस सुरु भएकाे छ । सामाजिक सञ्जालका प्रयाेगकर्तादेखि राजनीतिक नेताहरुले धारणाहरु बनाउने क्रम जारी छ ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाइ इंगित गर्दै नैतिकता भए राजीनामा दिन चुनाैती दिएका छन् । उनले भनेका छन्- ‘‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’ यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न ! सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त… ! नैतिकता हुनेले राजीनामा दिउन्; नहुनेहरू गलहत्याइयून् ! जो मर्जी !’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता