इलामको नेपालटारमा कवि गोष्ठी

  • यमुना लुईटेल

इलाम, १९ पुसः इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानद्वारा  इलाम नगरपालिका वडा नं. १, ३ र ४ भित्र सञ्चलनमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनत विधार्थीहरुको बीचमा प्रतियोगितात्मक कबि गोष्ठी बुधबार  इलाम नगरपालिका  १ स्थित श्री नेपालटार माबि साखेजुङमा सम्पन्न भएको छ ।   ३ वटा वडाका सात विद्यालयहरु बीच प्रतिस्पर्धा भएको कवी गोष्ठीमा पर्यटकको आखामा इलाम, हरितनगर इलाम र सुसंस्कृत समृद्धि इलाम शिर्षकमा २८ जना विद्यार्थीहरुबीचमा  प्रतिस्पर्धा गराइएको थियो । 
जसमा बालमण्डल मावि जसबिरेकी  कमला ढुङगाना प्रथम, नेपालटार माविका निश्चल राई द्वितिय, सगरमाथा बोडिन स्कुलकी भूमिका निरौला तृतिय र बिबि मेमोेरियल अंग्रेजी बोडिन स्कुलका सुदर्शन सुबेदी सान्तवना भएका थिए ।  
इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरेको अध्यक्षतामा  सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि इलामका युद्धपसाद बैध,  विशेष अतिथि इलाम नगरपालिका १ का बडाध्यक्ष अम्बिका गौतम, इलाम नगरपालिका बडा नं  ४ का बडाध्यक्ष नुतनदेब दुलाल, इलाम नगरपालिका बडा नं ३ का वडाध्यक्ष तिर्थ गुरुन, नेपालटार माविका प्रधानाध्यापक गोपालप्रसाद कटेल, इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानकी सदस्य सारदा उप्रेती पराजुली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानकी प्रतिभा पौडेल,  इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानका कोषाध्यक्ष सुरेश पोर्तेल, इलामका बाध्यबाधक राम दियाली, विभिन्न्न विद्यालयका विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन इलाम नगरपालिका साहित्य कला संगित प्रतिष्ठानका सचिब दिवाकर भण्डारीले गर्नुभएको थियो ।  यस कबिता गोष्ठीबाट छनौट भएका  विद्यार्थीहरु आगामी माघ ४ गते बिष्णु नबिन जयन्तीमा हुने कबि गोष्ठि  कार्यक्रमको फाइनलमा सहभागी हुनेछन्  ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता