कृषि केन्द्रलाई स्रोत–साधान सम्पन्न बनाइनु पर्छ – राष्ट्रपति

  •  मनिषा चम्लागाईँ 

झापा, १९ पुस, राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि केन्द्रलाई स्रोत–साधान सम्पन्न बनाउनु पर्ने औँल्याएकी छन् । बुधबार झापाकोक् शिवसाताक्षी नगरपालिका स्थित चन्द्रडाँगी बिऊ विजन तथा दुग्ध उत्पादन फर्मको अनुगमनका क्रममा भण्डारीले अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र कृषि भएको उल्लेख गदै संघीय सरकारको मातहतमा रहेका फर्म स्थानीय र प्रदेश सरकार मातहतमा ल्याउन आवश्यक रहेको सुझाइन् । 

चन्द्रडाँगी फर्ममा उत्पादन भएका बिऊलाई अन्य प्रदेशमा पनि आयत गर्ने र अरु प्रदेशमा स्रोत केन्द्र खोल्न आवश्यक रहेको उनले जनाइन् । फर्मको भौतिक पक्षलाई सुधार गर्न सके उत्पादकत्व र आम्दानी बृद्धि हुने राष्ट्रपतिको ठम्याई छ । देश संघीयतामा गए पनि नेपालको लागि कार्यप्रणाली नयाँ रहेकाले प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन ढिलाइ भएको राष्ट्रपति भण्डारीको कथन छ । स्थानीय क्षेत्रको विकासको लागि स्थानीय तहलाई नै नेतृत्व दिन आवश्यक रहेकोमा राष्ट्रपतिले जोड दिइन् । राष्ट्रपतिले भनिन्, ‘हाम्रो देश कृषि प्रधान भए पनि बर्सेनी कृषि क्षेत्रले ठूलो व्यापार घाटा बेहोरीरहेको छ, कृषि जन्य वस्तुमा परनिर्भरता छ ।’ देशभरका कृषि फर्मलाई सही नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिइन् ।
 प्रदेश–१का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१को हिमाल, पहाड र तराईमा कृषि प्रबद्र्धनका लागि फरक–फरक गुरुयोजना बनाएर प्रदेश सरकार अघि बढेको बताए । राईले संघीय सरकार मातहतमा रहेका फर्म चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘संघीय सरकारलाई यस फर्मको प्रबद्र्धन गर्न समस्या हुन्छ, केन्द्रमा बसेर यहाँको गतिविधि नियाल्न सकिन्न ।’ फर्महरु प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवारी दिन आवश्यक रहेको उनको धारणा छ । चन्द्रडाँगी फर्मको विकासका लागि प्रदेश सरकारले ८ करोड रकम विनियोजन गरे पनि योजना अघि बढाउन समस्या भएको उनले जनाए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्दकुमार शेर्माले अवधारणपत्र प्रस्तुत गर्दै बर्सेनी आउने बाढीले कटान गर्दा क्षति बढेको बताए । कृषि फर्मलाई देशकै कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुे पर्ने अवधारणपत्रमा उल्लेख छ । उत्पादित धान सुकाउन डायर निर्माण प्रमुख आवश्यकता रहेको उनले जनाए । किसानले उत्पादन गरेको तरकारी भण्डारणका लागि चिस्यान केन्द्र स्थापना प्रमुख आवश्यकता रहेको अवधारणपत्रमा लेखिएको छ । अवधारणापत्र राष्ट्रपतिलाई हस्तान्तरण गरियो ।
झापाको दुधेबाट ८ किलोमिटर दक्षिणमा रहेको फर्मको स्थापना २०३२ सालमा भएको हो । १०५ बिघा जमिनमा रहेको फर्म मार्फत कृषकलाई सीप सिकाउने र उन्नतजातको बिउ उत्पादन गरिँदै आइरहेको छ । ८ हेक्टर जमिनमा चैते तथा बर्खे धानको बिउ उत्पादन गरिन्छ । आवश्यक मेसिन र कृषि यान्त्रिकिकरणको अभाव फर्ममा छ । राष्ट्रपति भण्डारीले प्रदेश–१का नमुना सहकारी र कृषि फर्मको अनुगमन गरिन् । उनीले गौरादहको महारानीझोडा कृषि सहकारीको निरीक्षण गरेकी थिइन् । भण्डारी त्यसअघि सुनसरीको तरहरमा रहेको कृषि फर्मको निरीक्षण गरेर झापा आएकी हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता