
इलाम, २९ पुसः इलामको मेची राजमार्गमा आज चलाको स्वास्थ्य परिक्षण सहितको सवारी चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईको उपस्थितिमा भएको चेकजाँचमा ६२ वटा सवारीको चेकजाँच गरिएको थियो ।

सामुदाय प्रहरी साझेदारी कर्याक्रम अन्तर्गत दुर्घटना न्युनिकरण गर्नको लागि सो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी इन्चर्ज पदम वहादुर राईले वताए । चेकजाँचमा गाडीको कागजपत्र, चेसिस् नम्बर, धुवाँ चेक र चालकको स्वास्थ्य परिक्षण गरिएको थियो । यातायत कार्यलयका प्रतिनिधि दुर्गा प्रसाद दुलालले कागजपत्र, जिल्ला अस्पतालका डाक्टर ममता विष्टले स्वास्थ्य परिक्षण तथा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीहरुले चेकचाँच गरेका थिए । चेकजाँच कार्यक्रममा पूर्वेली ट्याक्सी व्यावसायीका अध्यक्ष गृष्म सुब्बा लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

जिल्ला ट्राफिक कार्यालयले यस्ता चालकलाई सचेतना कार्यक्रम निरन्तर गरिरहेकोले गत सालको तुलनामा इलाममा दुर्घटना धेरै न्युन भएको पनि ट्राफिक इन्चार्ज राईले वताए ।
