सत्यग्रहको पाँचौँ दिनः डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

इलाम, २९ पुसः संसद सचिवालयले डा. गोविन्द केसी संग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिधेयक पारित गरेपछि डा. केसीले थालेको  इलाममा १६ औँ सत्यग्रहको आज पाँचौँ दिन सम्म आईपुग्दा डा. केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ ।
अहिले डा. केसीको स्वास्थ्य अवस्था हेरीरहेका डा. रामकृष्ण आचार्य भन्छन् दाहिने फोक्सो राम्रो खुल्न छोडेको छ। छातीमा  संक्रमण भैसकेको अनुमान छ। कुनै बेला अस्पताल लाग्नु पर्ने अवस्था आउन सक्छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्क्ट्रोलाइट्सको मात्रा कम भएको छ। रगत र पिसाब परिक्षणका लागि लगिएको छ। रीपोर्ट दिउँसो आए पछि थप जानकारी आउँने उनले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता