- बिमल अधिकारी

देउमाइ २९ पौषः देउमाइ नगरपालिका इलामको जितपुरमा जारी तेस्रो पुरुष खुल्ला नकाउट जितपुर गोल्डकपको आज सम्पन्न पहिलो चरणको अन्तिम खेल अन्तर्गत ए.एफ.सि. झापा लाइ ० का बिरुद्द २ गोल गर्दै माइ नगरपालिकाको टिम बिजेता बनेको छ।
दोस्रो हाफको छैटौ र दसौ मिनेटमा माइ न पा जर्सी न १० का युनिश योन्जनले २ गोल गर्दै टिमलाइ बिजयी बनाएका थिए। यो संगै क्वाटर फाइनल अन्तर्गत ३० गते पहिलो खेल ११ बजे नेपाल मगर संघ इभाङ्ग र खुदुनाबारी झापा बिच त्यस्तै दोस्रो खेल ०१स्३० बजे गोदावरी स्पोर्टिङ माइ न पा र फाल्गुनन्द स्पोर्टिङ देनपा ९ बिच हुने छ। त्यस्तै माघ दुइ गते
पहिलो खेल ११ बजे पानीटार स्पोर्टिङ र आयोजक बिच त्यस्तै दोस्रो खेल ०१ः३० माइ न पा र जितपुर युनाइटेड बिच हुने छ।