डा.केसीका समर्थक भन्छन् “माथेमाको सुझावलाई खिल्ली उडाइयो ”


बिर्तामोड, २९ पुसः १६औँ अनशन बस्न इलाम पुगेका डा. गोविन्द केसीको मागका विषयमा केसी समर्थक चिकित्सक र अधिवक्ताले प्रष्ट पारेका छन् । आईतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै केसीका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले केसी किन पुनः अनशन बसे, अनशनमा इलाम नै किन रोजे, माग केहो लगायतत विषयमा प्रष्ट पारेका हुन् । 

प्रस्तावित विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयको बिरुद्ध केसी अनसन बस्ने गरेको आवज उठेनु  दुखद पाटो भएको डा. सिंहले बताए । चिकित्सा शिक्षा विधेयकका लागि माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएका कारण अहिले केसी अनसन बस्नु परेको उनले प्रष्ट पारे । १५ औँ अनशनका क्रममा भएको सम्झौतामा मेडिकल कलेजको आशयपत्र पाउनेको हकमा आयोग बनाएर सम्बन्धनको प्रक्रिया अगाडि बढाउने भनिएकाले विएण्डसी अस्पतालको विषय त्यतिखेरै सकिएको र अहिले इलाम आएर अनसन बस्दा समेत विएण्डसी र केसीलाई जोड्नु नहुने अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । 

“यो आन्दोलन विएण्डसी तथा मनमोहनको विरुद्धमा होइन, चिकित्सा शिक्षा आयोगको नीति अनुसार सम्बन्धनको प्रक्रिया अगाडि बढाउने भनेर सम्झौतामा भनिएको छ ।” भण्डारीले भने विज्ञहरुको सुझाव नमानिएकै कारण डा. केसीले ज्यानको बाजी राखेर बारम्बार अनशन बस्नुपरेको बताए । चिकित्सा शिक्षा क्षेत्रका विज्ञले बनाएको सुझावको कार्यान्वय नै अनशनरत डा. केसीको मुख्य माग भएको उनिहरुको भनाई छ । 

जुन क्षेत्रको कानुन निर्माण गरिँदैछ त्यही क्षेत्रका विज्ञले दिएको सुझाव नमान्दा चिकित्सा क्षेत्र नै तहसनहसको अवस्थामा पुग्न लागेकाले अहिले इलाम पुगेर अनसन बस्नु परेको डा. सिंहको भनाइ छ । केसीसँग भएको संझौताको अक्षरस पालना हुन्छ भनेर सञ्चार माध्यम सामु भन्ने पु्र्व सभामुख सुवास नेम्बाङ रहेको र अहिले पालना नहुँदा उनि पनि मौन बसेकाले ध्यानाकर्षका लागि पनि केसी इलाममानै अनशन बस्न पुगेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता