पहिलो पाईला बिर्तामोडको अध्यक्षमा

बिर्तामोड, २९ पुसः सामाजिक क्षेत्रमा कृयाशिल युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको बिर्तामोड शाखाको बैठक सम्पन्न भएको छ । युवा एकतालाई जोड दिदैँ सामाजिक क्षेत्र निरन्तर लागिपरेको संस्था पहिलो पाईला नेपाल बिर्तामोड शाखाको बैठकले नयाँ समिति पाएको हो । साविक झापा शाखा रहेर काम गरिरहेको यस संस्थाको १ शाखा १ नगर अवधारणा बमोजिम बिर्तामोड नगरपालिकाको आधारमा बिर्तामोड शाखा कार्यसमिति पुनःगठन गरेको हो । 
साविक झापा शाखाका अध्यक्ष कृष्ण अग्रवालको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा मदन ओलिलाई सर्वसहमत चयन गरेको छ । मदन ओलि अध्यक्ष रहेको समितिमा क्रमश उपाध्यक्ष रेखा चौलागाईं, सचिव आर्जु उप्रेती, सहसचिव प्रदिप बर्देवा, द्वितीय सहसचिव बिवेक पोख्रेल, कोषाध्यक्ष संजय बिश्वकर्मा र सदस्यमा सुनिता ओझा, सुजता कट्वाल, खगेन्द्र बिमलि, पवन भट्टराई, पंकज खनाल, जिवन सिंह राजवंशी, पुजा धमला सहित १३ जनाको कार्यसमिति गठन गरिएको हो । 
फास्ट ट्रयाक कन्सलटेन्सिका प्रतिनिधि राम लिम्बुले समितिलाई सम्मान तथा शुभकामना दिए । साविकका अध्यक्ष कृष्ण अग्रवाललाई सम्मान स्वरुप बिदाई गरिएको थियो । अग्रवालले नवगठित समितिलो साथ र समर्थन निरन्तर रहने बताए । पहिलो पाईला नेपालको संस्थापक तथा केन्द्रीय महासचिव बिजय खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता