
इलाम, २९ पुसः सरकारसँग भएको सहमती अनुरुप विधेयक नआए पछि १६ औं सत्याग्रहकम रहेका डा. गोविन्द केसीको स्वस्थयमा समस्या आएको छ । पाँचौ दिन डा. केसीको स्वस्थ्य स्थितिमा थप जटिलता समस्या देखा परेको छ । डा. केसीको मुटुको चाल अनियमित र छातीको संक्रमणले अझ गाँज्दै गएको छ । डा. केसीको स्वास्थ्यमा समस्य देखिए पछि भोली (सोमबार) विहान डा. केसीलाई सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सारिने डा. रामकृष्ण आचार्यले माइपोखरी न्युजलाई जानकारी गराए ।