
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ पुष ३० गते सोमवार (ईसवीय सन् जनवरी १४,२०१९),नेपाल संवत ११३९,नक्षत्रः रेवती,करणः बब, योगःसिद्धि,चन्द्र राशिः मीन
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — आनन्दको अनुभुति होला । ज्ञान बढ्ने योग छ । विदेश यात्रा सफल रहला ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — चिताएका कार्यहरु सम्पन्न होलान् । केहि स्वास्थ्य समस्या रहला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — कार्यक्षेत्रमा सामान्य बाधा आउन सक्छ । धन प्राप्त गर्ने सामान्य योग रहेको छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — आफन्तजनबाट धोका खेप्नु पर्ला । स्वअध्ययन बढ्ने योग रहेको छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — नयाँ कामको थालनी हुनेछ । पौषको दोस्रो हप्ताबाट स्वास्थ्यमा सुधार आउला । मन सामान्य चञ्चल रहला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — महिलाबाट विषेश सहयोगहरु प्राप्त हुने योग रहेको छ । मानसिक चिन्ता बढ्ला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — नियमित कामहरु सामान्य रहला । व्यापार व्यवसायमा मन्दीको योग रहेको छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — कलाकारिताको क्षेत्रमा लाग्न सके सम्मान बढ्नेछ । विशिष्ठ व्यक्तिको सहयोगले कामहरु पूर्ण होलान् ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — लामो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — घर परिवारमा सामान्य झै—झगडाले सताउन सक्छ । स्वास्थ्यमा ख्याल राख्नु पर्ने देखिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — वैदेशिक क्षेत्रमा राम्रै फाइदा होला । ख्याति बढ्ने योग रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — प्रशंसा गर्नेहरु बढ्नेछन् । नयाँ अवसरले पछ्याउने समय रहेको छ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”