झापामा दुर्घटनामा दुईको मृत्यु

दमक, २० पुसः मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा बिहीबार दुई जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा आज दिउँसो ३ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च नम्बरको बुलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो । 
दुर्घटनाबाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता