बनियानी खोलाको पुल सञ्चालन

दमक, २३ पुस : झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । 
नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताउनुभयो । खोलामा पल नहँदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आउनुपरेको थियो । 
३२ फुट लम्बाइ २४ फुट चौडाइ रहेको पुल रु ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता