नेपाली कांग्रेस बलियो नभए देशमा संकट आउन सक्छ : नेता शाह


पुस, २३ काठमाडौं  :  नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले देशमा लोकतन्त्र चिर हरन हुन लागेको भन्दै नेपाली कांग्रेस बलियो नभए देशमा संकट आउन सक्ने संकेत गरेका छन। मंगलबार सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै नेता शाहले कांग्रेस बलियो बनाउने कामको सुरुवात तनहुँबाट गर्नुपर्नेमा पनि जोड दिए। 
उनले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टिका पुर्व सहमहामन्त्री गोविन्दराज जोशिको बिवादका कारन दुईवटा जिल्ला कार्यसमिति बनेको भन्दै तत्काल बिवाद मिलाउने नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि खटाउनु पर्नेमा पनि जोड दिए। 
नेता शाहले कांग्रेस कम्जोर भए कांग्रेस भित्रका नेता पनि कम्जोर हुने भन्दै यो बिषयमा सबैले बेलामा बिचार नपुर्‍या आगामी दिनमा कांग्रेस झन कम्जोर हुने जिकिर गरे। तनहुँमा झगडा भैरहेको बेला अन्य कांग्रेसका नेताहरु चुप लाग्नु भनेको छिमेमीको घर जली रहदा आगों निभाऊनुको साटो सेल्फ़ी खिंच्ने प्रबृति भएको बताउनु भएको छ। 
शाहले यहि प्रवृती भैरह्यो भने भोलि त्यस्तै समस्या आफ्नो जिल्लामा पनि आउन सक्ने भन्दै नेता शाहले पार्टीलाई एक बनाउने कार्यको सुरुवात तनहुँबाट  गर्नु पर्ने पनि बताउनु भयो। शाहले बिशेष गरी यसको पहलक़दमि बरिस्ठनेता रामचन्द्र पौडेलले लीन आबस्यक छ रहेको पनि उल्लेख गर्नु भयो। पौडेल र जोशिको एकताले देशभर झगड़ामा रहेरको पार्टी गतिबिधिमा अवरोध पूर्याइ रहेका कांग्रेसहरूलाई मेलमिलापको सन्देश दीने शाहले बिश्वास व्यक्त गरे।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता