जितपुर पुरुष खुल्ला गोल्डकपको खेल तालिका सार्वजनिक स्थानीय टिम देखी एफसि झापा सम्मका टिम भिड्दै

  • बिमल अधिकारी 

देउमाइ, २२ पौष: इलाम देउमाइ नगरपालिकाको जितपुरमा पुरुष खुल्ला नकाउट गोल्डकपको खेल तालिका एक कार्यक्रम बिच हिजो सार्बजनिक गरिएको छ। इलाम झापाका गरि सोह्र टिमको प्रतिस्पर्धाका लागी पौष २५ बाट खेल सन्चालन हुनेभएको हो। 
देउमाइ नगरपालिका नौ जितपुरको नवमी स्थित जितपुर माबिको खेल मैदानमा खेल हुने र सो का लागी आयोजक र देउमाइ नपा ९ न  वडाको संयुक्त पहलमा खेल मैदान लाइ लेभलिङ गरि स्तरोन्नतिको काम गरिएको छ,साथै बासको प्याराफिट निर्माणको काम पनि थालिएको छ।
जितपुर सामुदायिक बिकास केन्द्रको आयोजनामा हुने खेल बाट प्रथम हुने टिमले नगद रु एकलाख एघार हजार एकसय एघार, ट्रफि ,मेडल र प्रमाणपत्र त्यस्तै दोस्रो हुने टिमले नगद रु छैसठ्ठी हजार छ सय छैसठ्ठी , ट्रफि ,मेडल र प्रमाणपत्र पाउने छन।
 साथै उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट खेलाडी, सर्बाधिक गोल कर्ता लाइ समेत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। यसै बीच खेलमा प्रथम पुरस्कारको प्रायोजन बुलेट चाउचाउले गरेको छ भने, म्यान अफ द सिरिज लाइ १० तोला बराबरको चादिको फुटबल गुड्लाइफ बिस्कुटले प्रायोजन गरेको आयोजक समितीका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो। फाइनल खेल भने माघ ५ गते हुने छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता