आयोजक फिदिम स्पोर्टिसँग मोरङ स्तब्ध

फिदिम । मोरङ ११ लाई १–० ले हराएर आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर सदरमुकाम फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकप नकआउ फुटबल प्रतियोगिताको क्वाटर फाइन पुगेको छ । फिदिम माविको मैदानमा आइतबार भएको समूह चरणको खेलमा फिदिमले मोरङलाई हराएको हो ।
खेलको आठ मिनेटमा फिदिम स्पोर्टिङका काचीले गरेको गोल नै जितका लागि प्रयाप्त बन्यो । मोरङका डिफेन्सको कमजोरीको फाइदा उठाँउदै काचीले गोल गरेका थिए । फिदिम स्पोर्टिङले विदेसि खेलाडीहरु मैदान उतारको थियो । स्पोर्टिङको आक्रमक खेलसामू राम्रो प्रदर्शन गर्न नसकेको मोरङले गोल गर्न नसक्दा  समूह चरणबाटै घर फर्किएको हो । 
खेलको १३ औँ मिनेटमा मोरङका भुवन बस्नेतले पाएको सुन्दर मौकालाई चुकाएका थिए । खेल अवधिभर राम्रो मुभ बनाउन नसक्दा मोरङले हार व्यहोरेको हो । स्पोर्टिङका काचीले पटक पटक गोल गर्ने मौका पाए  पनि स्कोर थप्न सकेनन् । 
घरेलु मैदानमा राम्रा खेलाडी उतारेकाले जित निकाल्न सकिएको फिदिम स्पोर्टिङका खेल प्रशिक्षक भिष्म आङ्देम्बेले बताए । ‘सुरुमै स्कोर गरेपछि खेलाडीले उच्च मानोबनका साथ प्रदर्शन गरे,’ आङ्देम्बेले भने ‘खेल अवधिभर खेलाडीको तालमेल राम्रो थियो ।’
धुले मैदानका कारण आफ्नो टिमले राम्रो खेल्न नसकेको मोरङका प्रशिक्षक करन कार्कीले बताए । ‘घरेलु टोलीको सामना गर्नु हामीलाई कठिन थियो,’ कार्कीले भने ‘धुले मैदानका कारण खेलाडीले राम्रो खेल्न नसक्दा समूहचरणबाटै बाहिरिनुपरेको हो ।’
आइतबारको खेलमा फिदिम स्पोर्टिङका प्रबिन जवेगु म्यान अफ दी म्याच घोर्षित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । सोमाबर हुने क्वाटर फाइनलको पहिलो खेलमा झापा ११ ले विभागिय टोली एपीएफ काठमाण्डौको सामना गर्नेछ । समूह चरणको पहिलो खेलमा झापाले ताप्लेजुङको कर्णसिंह स्मृति फुटबलाई  ३–१ को अन्तरले हराएर क्वाटर फाइन पुगेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता