मार्सी माडले अमर बनाउँदैन ओलीलाई


  •    धर्म गौतम 

गुणस्तरीय मेडिकल शिक्षा र शुलभ स्वास्थ्य सेवाको माग राखेर सत्याग्रहमा रहेका डा. गोविन्द केसीको १६ औं अनशनको बिषयलाई लिएर दुर्भाग्यवस सिङ्गो समाज उनको पक्ष र विपक्षमा ध्रुवीकृत भएको छ । यसको प्रतिच्छाया सामाजिक सञ्जालमा देखिन्छ जसले वेलावखत सामाजिक मर्यादाको सीमा समेत उल्लंघन गरेको देखिन्छ । आपूmलाई सञ्चारकर्मी भन्नेहरु समेत यसमा संलग्न रहेको देखिन्छ । त्यसले गर्दा कति अनलाइन समाचारहरु अपत्यारिला भएका छन् । सूचना र जानकारीका लागि एउटा प्रकाशनमा प्रकाशित समाचारमा भर गर्न नसकिने अवस्था छ । दुई चार प्रकाशनलाई तुलनात्मक अध्ययन गरेर सही कुरा अनुमान लगाउनु पर्ने अवस्था छ ।
यस्तै एउटा प्रकाशनमा आए अनुसार अस्ति कहिले शेरबहादुर देउवाले अनशनरत डा. केसीलाई भेटेर अनशन तोड्न अनुरोध गरे । उनले डा. केसीलाई अहिलेको अनशन तोड्न अनुरोध गर्दा पछि तपाईंकै नेतृत्वमा आदोलन गर्छौं समेत भने भनेर आएको छ । त्यो पढेर देउवाप्रति टिठ लागेर आयो । डा. केसीको सत्याग्रह बेलावखत देउवाहरुले लगाउने राजनीतिक घुर्की होइन । डा. केसीलाई भेट्न जानुपूर्व उनले सत्याग्रहका बारेमा, आमरण अनशनका बारेमा अलिकति जानकारी लिएर गएका भए बेस हुने थियो ।
आपूm जान्ने पल्टिन खोजेको अर्थ नलागोस्– सत्याग्रहका बारेमा राम्रो बुझाइ हाम्रामाझ कम छ भन्ने जस्तो लाग्छ । डा. केसी इलाममै रहाँदा धेरै सञ्चारकर्मी साथीहरुको उहाँसँग प्रश्न हुन्थ्यो– सरकारले तपाईंका माग पूरा गरेन भने तपाईं के गर्नुहुन्छ ? मलाई लाग्छ यो त प्रश्नै भएन अथवा अनशन आपैmमा त्यो प्रश्नको उत्तर हो । माग होइन, आपूmसँग भएको विधिवत सम्झौता सरकारले कार्यान्वयन नगरेकाले त्यसलाई कार्यान्वयन गर भनेर, त्यस कुरामा दवाव सिर्जना गर्न उहाँ अनशनमा वस्नु भएको हो । जहिलेसम्म त्यो कार्यान्वयन हुँदैन तबसम्म उहाँ अनशन तोड्नु हुन्न ।
अहिले जो पनि डाक्टर केसीको पक्षमा छ, उनको सत्याग्रहका माग जायज छन् भन्ने उसलाई लाग्छ भने उसले डा. केसीलाई अनशन तोड भन्ने होइन बरु तपाईंलाई सघाउन, तपाईंको मागलाई बल पु¥याउन म पनि तपाइँसँगै अनशन बस्छु भन्न सक्नु पर्दछ । शेरबहादुर देउवामा पनि त्यो आत्मवल भएको भए र उनी पनि डा. केसीसँगै अनशन बसेका भए त्यसले माने राख्थ्यो ।
इलाममा डा. केसीले अनशन थालेदेखि नै त्यसमा गहिरो चासो राख्ने एक युवालाई म देखिरहेको छु । उनी युवाभन्दा पनि किशोरजस्ता देखिन्छन् । विद्यार्थी होलान् कुनै गाउँबाट सदरमुकाममा पढ्नका लागि बसेका । उनी सधैं अनशनस्थलमा देखिन्थे, अस्पतालमा यताउता गरिरहेका हुन्थे । केसीका मागका पक्षमा ऐक्यवद्धता जानाउन आयोजित जुलुश र सभाहरुमा पनि उनी निरन्तर सहभागी भएको देख्छु । मसँग भेट हुनासाथ उनी डा. केसीको अवस्थाका बारेमा जिज्ञासा राख्छन् । दिनमा जतिपटक भेट भए पनि उनी आप्mनो जिज्ञासा राखिहाल्छन् । वडो लगाव छ उनमा डाक्टर केसीको सत्याग्रहका प्रति ।
हो तिनै भाइले सुनाए देउवाले डा. केसीलाई अनशन दोड्न अनुरोध गरेको कुरा । त्यो कुरा सुनाउँदा उनको चिन्तामा अलिकति आशा पनि मिसिएको जस्तो थियो– देउवाको आग्रह स्वीकार गरेर अनशन तोडे भने डाक्टरको ज्यान अहिलेलाई बँच्छ भन्ने होला त्यो आशा । तर, सायद उनको अपेक्षाविपरित, मैले भने– अनशन त तोड्नु हुन्न डाक्टर साहबले । उहाँको अनशन, अनशन मात्रै होइन, आमरण अनशन हो । अर्थात् जबसम्म उहाँका माग पूरा गरिँदैन तबसम्म उहाँले खानेकुरा स्वीकार्नु हुन्न ।
सत्याग्रह एक प्रकारको आध्यात्मिक साधना हो । भौतिकवादी दृष्टिकोण भएको मानिसले सत्याग्रह गर्न सक्दैन । आपूmले कष्ट व्यहोरेर अर्काको हित गर्नु चानचुने कुरा होइन । यसलाई हाम्रो समाजका नारीहरुले बढी बुभ्mदछन् जस्तो लाग्छ मलाई । आमाले आप्mनो सन्तानका लागि कति कष्ट व्यहोर्छिन्, हामीले देखे जानेका छौं । नानी बिरामी भयो भने उनीहरु व्रत बस्छन्, भाकल गर्छन् । यो सब विश्वासको कुरा हो । आप्mनो पतिको सुस्वास्थ्यका लागि तीजको व्रत बस्ने महिला अहिले पनि लाखौंको संख्यामा छन् ।
भोलिपल्ट बिहान तिनै भाइसँग बजारमा भेट भयो । उनले भने, साँच्चै तपाईंले भनेजस्तै भयो, डाक्टर केसीले अनशन तोड्न मानेनन् । जारी राख्छु भने । मैले सम्भेंm, धरानबाट आएका विशेषज्ञ डाक्टरहरुले अनशनरत डा. केसीको स्वास्थ्य परीक्षण गर्दा विगतका अनशनहरुमा तपाईंलाई के कस्ता समस्या अनुभव हुन्थे, कति दिनपछि त्यस्तो हुन्थ्यो आदि भनेर प्रश्न गरेका थिए । तिनको उत्तर दिने क्रममा उहाँले भन्नु भएको थियो– पन्धौं अनशनमा मलाई पच्चिसौं दिनमा अब म मर्छु भन्ने लागेको थियो ।
त, पच्चिसौं दिनमै मर्छु भन्ने पक्का अनुभव गरेका केसीले थप तीन दिन अनशन तोड्नु भएन । मर्छु भन्ने भयको सानो अंश मात्रै उहाँको मनमा भएको भए त त्यही दिन उहाँले अनशन तोड्नु हुन्थ्यो नि । अरु तीन दिन अर्थात् बहत्तर घण्टा पछि माग पूरा भएपछि मात्रै उहाँले अनशन तोड्नु भयो । अनशनमा बसेको मानिसका लागि बहत्तर घण्टा कति लामो होला ? हामीलाई एक मिनट मौन धारण गर्दा समय कति लामो लाग्छ ! त्यसैले मर्छु भन्ने व्यथाले चाहिँ उहाँले अनशन तोड्नु हुन्न, म यसमा सयमा सय विश्वस्त छु ।
डा. केसीको सन्दर्भका कुरा गरिरहँदा मैले आप्mनाबारेमा पनि भन्नु एक प्रकारले बडप्पन पनि देखिन सक्छ तथापि मैले पनि आप्mनो ब्रम्हले देखेको, आप्mनो विवेकले भनेको कुरालाई पछ्याउने प्रयास गर्दै आएको छु । त्यसो गर्दा यदाकदा एक्लै जस्तो पनि परिन्छ, दुःख पनि हुन्छ तर त्यसमा समेत आनन्दको अनुभव हुन्छ । भौतिक असुविधामा आनन्दको अनुभव साँच्चै अनुपम हुन्छ । वास्तवमा सुख र दुःख अनुभूतिजन्य कुरा हो । एउटा असल उद्देश्य प्राप्तिका लागि दुःख खेप्दा समेत हर्षानुभूति हुन्छ ।
एउटा आदर्शका लागि जीवन दिने कुरा नयाँ होइन । त्यसरी वलिदान गर्नेहरु संसारभरको इतिहासमा पाइन्छन् । हामी यस बेला पनि शहीद सप्ताहमा छौं । भारतका महान शहीद भगत सिंहले आपूmलाई मृत्यु दण्ड दिनु पूर्व भनेका थिए–
शहीदों के मजारों पर
लगेंगे हर वरस मेले,
वतन पे मिट्नेवालों की
यही वाँकी निशाँ होगी ।
अर्थात् शहीदको स्मारकमा प्रत्येक बर्ष मेला लाग्छ, त्यो नै उसको जीवनको बाँकी इच्छा हो । हाम्रा गृहमन्त्री बादलले मोहनकृष्ण श्रेष्ठको प्रतिमालाई स्यालुट हानिरहेको फोटो देख्दा मलाई उपरोक्त कथनको स्मरण भएको हो ।
मलाई यस बेला पनि गर्व छ, डा. केसीले उठाएका कुरालाई मैले शुरुदेखि नै आत्मसात् गरें । उनको सत्याग्रहमा सकेको साथ दिएँ । पछिल्लो पटक त उनकै सानिध्यमा रहेर उनको अभियानमा सरिक हुन पाइयो । त्यसैले होला अहिले पनि भेटिने अधिकांश मानिसले मसँग डा. केसीसँगसम्वद्ध कुरा उठाउँछन् । प्रश्नहरु गर्छन्, जिज्ञासाहरु राख्छन् । मेरा लागि यो गौरवको कुरा हो ।
एक ज्येष्ठ नागरिकले गहभरी आँशु पारेर बिहीबार अपरान्ह मसँग भने, मार्ने भए बाबु डाक्टरलाई यी कसाइहरुले । तपाईंको कुरा त डाक्टरले सुन्छन् भन्छन्, छोड अनशन भनौ न । ज्यान बँच्यो भने त भोलि पनि लड्न सकिन्छ नि ।
मैले उनका थर्थराइरहेका दुबै हात आप्mना हातहरुमा लिएर भनें, चिन्ता नगर्नुस् बा त्यति कम्जोर छैनन् तपाईंका डाक्टर । त्यसै जाँदैन उनको ज्यान । जन्म र मरण हाम्रो हातमा छैन, यो निर्धारित छ । यसको सत्यता परमेश्वरलाई मात्रै थाहा छ । उनको नियति यति नै रहेछ भने त जसले जे गरे पनि त रोकिँदैन, होइन र बा !
उनले मेरा हातबाट उनका हात झिकेर एउटा मेरो काँधमा राखे र अर्को हातले आँखा पुछे ।
मलाई डाक्टर केसी यसै मर्छन् भन्ने लाग्दैन । मरे नै भने पनि उनले आप्mनो काम सकिसकेका छन् । उनलाई मार्न उद्यतहरुकै भाषामा भन्दा उनका बाँकी पाँच प्रतिशत काम उनको मृत्योपरान्त भए पनि पूरा हुन्छ । उनी नभएका भए मेडिकल शिक्षामा भएको अमानवीय वेथितिका बारेमा हामीलाई जानकारी हुने थिएन । उनका मागको पन्चानब्बे हिस्साले माफियाहरुलाई नाङ्गेझार पारिसकेको छ । त्यसैलाई देखाएर योगेश भट्टराईहरु आज बुर्कुसी मारिरहेका छन् । ती उपलब्धी मार्सीको माडमा होइन डा. केसीको सत्याग्रहका आडमा भएका हुन् । डा. केसीको गएको ज्यानले पनि बाँकी कुरा लिएर आउँछ । मार्सीवालहरु मुर्छित हुन्छन्, यसमा शंका नगर्दा हुन्छ ।
सरलपाटीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता