इलाम, २२ माघः इलामको पुरातात्विक तथा धार्मिक महत्व बोकेको सिंहबाहिनी मन्दिर पछिल्लो समयमा पुरानो हुँदै गएपछि पुननिर्माण गएिको छ । इलामका समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकालेले मन्दिरको पुर्ननिमार्ण कार्यमा करिब १५ लाख आर्थिक सहयोग गरेका हुन ।

अहिले मन्दिरको पुरानो टिनको छानोलाई बदलेर नँया पित्तलको छाना लागइएको छ साथै सुन जडित गजुर समेत लगाइएको छ ।
१७ औं शताब्दीमा सामान्य एक छाने मन्दिरको रुपमा अवस्थीत् यो मन्दिर इलाम नगरपालिका वडा नं ९ मा पर्दछ ।

प्रत्येक शनिबार मंगलबार भक्तजनहरुको भिड लाग्ने मन्दिरमा बिशेषगरेर बडादशैका दिन श्रद्धालु भक्तजनहरु पूजापाठ तथा दर्शन गर्न आउने यस मन्दिर जिर्ण बन्दै गएको अवस्थामा मन्दिर मन्दिर मर्मत गरी मुहार फेरीएका हो ।

तस्वीरः प्रदिप दाहाल