माईभ्याली गोल्डकपः आर्मी र केएफटीसी झापा भिड्दै

इलाम, १ चैतः इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज त्रीभूवन आर्मी र काँकरभिट्टा फुटबल ट्रेनिङ  सेन्टर ( केएफटीसी) विच हुने छ । 
त्रीभूवन आर्मीले भर्खरै मात्र झापा गोल्डकपको उपाधी जीतेको छ र उच्च मनोबलका साथ मैदानमा उत्रने छ भने केएफटीसी माईभ्याली गोल्डकप पहिलो पटक खेल्दैछ तर पनि धेरै जसो झापा ११ का खेल्डी हुनाले खेलमैदनको अनुभव भने भएका खेलाडी हुने अनुमान गरिएको छ । आजको खेल जित्नेले हिमालयन शेर्पा सँग सेमिफाइनल खेल्ने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता